पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ६ दुर्गौलिया घर भएका ३४ वर्षीय जगदीश यादव छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो। आरोपीको साथबाट ९७ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ ।
आरोपीबारे थप अनुसन्धान र कारबाहीका लागी उनलाई ब्यूरोले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ।