साना बचतकर्ताको सुरक्षामा केन्द्रित होस् सहकारी कानुन

Jun 28, 2026 06:20 PM Merolagani



प्रतिनिधि सभामा जारी सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस नीतिगत सुधारको खाँचो औँल्याएकी छन् ।

सभामा थापाले निम्न वर्गीय नागरिकले दुःख गरेर जम्मा गरेको बचत असुरक्षित हुँदा समाजमा पीडादायी अवस्था सिर्जना भएको बताइन् । सहकारीहरू नाफा कमाउने उद्देश्यमा मात्र केन्द्रित नभई आफ्ना सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिका लागि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । विशेषगरी ससाना काम गरेर बचत गर्ने नागरिकहरूको विश्वास टुट्न नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

बचतकर्ताको रकम सुरक्षित फिर्ता गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता बेथिती दोहोरिन नदिन कडा तर व्यावहारिक कानुन आवश्यक रहेको थापाले बताइन् । उनले सहकारीको गठन प्रक्रिया र पुँजीको सीमा निर्धारण गर्ने जस्ता नीतिगत सुझावहरू पेस गर्दै विधेयकलाई समयसापेक्ष र जनमुखी बनाउन आग्रह गरिन् । पीडित नागरिकको भावनालाई आत्मसात् गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्नेमा उनको मुख्य जोड थियो ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।