न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले भट्टसँगै जोडेर पक्राउ गरी अनुसन्धान जारी रहेकाले उनको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो । उक्त आदेश आएर सुनुवाइ नहुँदासम्म पौडेल थुनामै रहने भएका छन् ।
हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका पौडेलमाथि श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेट म्यानेजमेन्टलाई सस्तो मूल्यमा बेच्न दबाब दिएर लाभ लिएको आरोप लगाइएको छ ।
उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी छ । त्यो कम्पनी सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परी अनुसन्धानकै क्रममा रहेका दीपक भट्टको हो । भट्टको सम्पत्तिमा पौडेल जोडिएपछि उनी अनुसन्धानमा तानिएका हुन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप छानबिन गरिरहेको छ ।