गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोध हटेर नेपाली चियाका गाडीहरु भारतर्फ जान थालेका हुन् ।
सरकारको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै निर्यात फेरि सुरु भएको हो ।
निर्यात रोकिँदा नेपालका करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका २ वटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरेका हुन् ।