बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकहरूले पम्प बन्द गरेका हुन् । केहि पेट्रोल पम्प खुले पनि पेट्रोल भर्नेको लामो लाइन लागेको छ।
निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको थियो।