मर्चेन्ट बैंकर्स संघ र सेबोनका नवनियुक्त अध्यक्षबीच भेटवार्ता: पुँजी बजारका प्राथमिकतामाथि छलफल

Jul 02, 2026 05:31 PM Merolagani



नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग आज शिष्टाचार भेटवार्ता गरेका छन्

पदभार ग्रहण गरेको अवसरमा संघले अध्यक्ष भट्टलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। भेटका क्रममा संघले अध्यक्ष भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको छ भने अध्यक्ष भट्टले निजी क्षेत्रसँगको सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताए

भेटवार्तामा म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) तथा प्राइभेट इक्विटीसम्बन्धी विषयमा विस्तृत छलफल भएको छ। साथै, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र बजारलाई थप गतिशील बनाउन लगानीमैत्री वातावरण सिर्जना गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन्। बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताहरूको विश्वास सुदृढ बनाउने आवश्यकतामाथि पनि छलफल केन्द्रित रहेको थियो। अन्त्यमा, नेपालको पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्

 

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।