मुहानमा बाढी पसेपछि बन्द गरियो मेलम्चीको पानी

Jul 03, 2026 11:34 AM Merolagani



बिहीबारको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि पानी आपूर्ति बन्द गरिएको छ । मुहानमा लेदोसहितको बाढी आएपछि काठमाडौंमा पानीको आपूर्ति बन्द गरिएको आयोजनाले जनाएको छ ।

पानी अत्यधिक धमिलो भएकाले सुन्दरीजल प्रशोधन केन्द्रमा पानी पठाउन नसकिएको आयोजनाले उल्लेख गरेको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार, पानी सफा हुनासाथ वितरण तालिकाअनुसार आपूर्ति सुचारु हुनेछ । निरन्तर वर्षा भइरहेमा भने पानी आउन केही दिन ढिलो हुन सक्छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।