अहिले भइरहेको यस समस्यालाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनले बताए ।
‘अहिले भइरहेको विभिन्न कारणले बैंकहरु घाटामा जाने स्थिति छ । बैंकहरु घाटामा जानु भनेको राज्य पनि अफ्ठेरोमा पर्नु हो’, ज्ञवालीले भने, ‘अहिले अधिकांश कन्ट्रयाक्टर व्यवसायी समस्यामा रहेका छन् ।
ठेक्का रोक्का गरेर अगाडि बढ्दा बैंकिङ क्षेत्रमा ५ खर्ब हाराहारी यस क्षेत्रको ऋण रहेको छ । त्यसले गर्दा एनपीएफ ठूलो मात्रामा बढेर जाँदा बैंकमा समस्या पर्ने उनले बताए ।