यसक्रममा ऊर्जा मन्त्रालयका सचिव चीरञ्जीवी चटौत असार १४ गते ५८ वर्षे उमेर हद पूरा भएपछि अवकाशमा गएका छन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य असार १६ गते पाँचवर्षे कार्यकाल पूरा भएपछि पदबाट बाहिरिएकी छन्। निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी असार २२ गते र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (जगेडा) का सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते पाँचवर्षे कार्यकाल पूरा भएपछि सेवाबाट बाहिरिएका छन्।
मुख्यसचिव सुमनराज अर्याल असार २५ गते ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल असार २७ गते पाँचवर्षे कार्यकाल पूरा भएपछि बाहिरिएका छन्।
अब साउन ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा पाँचवर्षे कार्यकाल पूरा गरेर बाहिरिनेछन्। साउन ६ गते लोकनाथ पौड्याल ५८ वर्षे उमेर हदका कारण अवकाशमा जानेछन्। त्यसपछि साउन १९ गते हरिप्रसाद मैनाली र साउन २४ गते गोविन्दप्रसाद शर्मा अनिवार्य अवकाशका कारण सेवाबाट बाहिरिने कार्यतालिका छ।
यस्तै, भदौ महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (जगेडा) का सचिव डिल्लीराम शर्मा, गृह सचिव राजकुमार श्रेष्ठ तथा बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी सेवाबाट बाहिरिनेछन्। असोज महिनामा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सचिव रविलाल पन्थको पनि कार्यकाल समाप्त हुने भएको छ।
चार महिनाको अवधिमा ठूलो संख्यामा सचिवहरू बाहिरिने भएपछि संघीय प्रशासनमा नयाँ नेतृत्व चयन, सचिव पदमा बढुवा तथा मन्त्रालयहरूको जिम्मेवारी हेरफेरलाई लिएर सरकारी संयन्त्रमा व्यापक चासो बढेको छ।