Tue, Jul 07, 2026
नेपाल राष्ट्र बैंकले सरकारी टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ ।
बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आज दिउँसो ३ बजेर ४० मिनेटमा सरकारी टेलिभिजन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
सो कार्यक्रम बैंकको फेसबुक पेज र युट्युब च्यालमा समेत प्रत्यक्ष प्रशारण गरिने केन्द्रीय बैंकले जनाएको छ । बैकको फेसबुक पेज https://www.facebook.com/NRB.CentralBank र युटयुव च्यानल https://www.youtube.com/@NepalRastraBankOfficial रहेको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ।