एघार महिनामा ७ खर्ब ७४ अर्ब ८७ करोडको रेमिट्यान्स

Jul 16, 2020 07:51 PM Merolagani



एघार महिनामा ७ खर्ब ७४ अर्ब ८७ करोडको रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट बैंकले आज (बिहीबार) सार्वजनिक गरेको वित्तीय अवस्थाको विवरणमा गत साउनदेखि जेठसम्म उक्त रेमिट्यान्स भित्रिएको हो।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा ३.० प्रतिशतले कमी आई ७ खर्ब ७४ अर्ब ८७ करोड कायम भएको नेपाल राष्ट बैंकको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।