बोर्डले विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली लगायतका कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन कार्य सुरु गरिसकेकाे र त्याे सकिएपछि मात्र आईपीओ ल्याउने संकेत दिएकाे हाे।
विज्ञप्तिमा भनिएको छ कि बोर्डले धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया (आईपीओ) र नियमन व्यवस्थालाई अझ व्यवस्थित बनाउन 'धितोपत्र दर्ता तथा निष्कासन नियमावली' लगायतका कानुनी व्यवस्थाहरूमा समसामयिक पुनरावलोकन (संशोधन) गर्ने कार्य प्रारम्भ गरिसकेको छ।
बोर्डले बजारको सुधार र विकासका लागि आगामी साताभित्रै समयवद्ध कार्ययोजना सहितको विस्तृत पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने भएको छ।