क्रसफायरद्वारा नेपालमा 'LETBE Flygon 220' सार्वजनिक,सहर र पहाडका लागि छुट्टाछुट्टै भेरियन्टमा उपलव्ध

Jul 14, 2026 11:34 AM Merolagani



नेपालका लागि क्रसफायरको आधिकारिक वितरकले काठमाडौंको तबेला नेपालमा आयोजित एक भव्य कार्यक्रमका बीच बहुप्रतिक्षित LETBE Flygon 220 मोटरसाइकल सार्वजनिक गरेको छ।

कम्पनीले यसलाई Flygon 220 City र Flygon 220 Hills गरी दुईवटा आकर्षक भेरियन्टमा बजारमा ल्याएको हो।

 

यो लन्चसँगै क्रसफायरले नेपालमा 'LETBE' नामक नयाँ प्रिमियम ब्रान्डको समेत औपचारिक सुरुवात गरेको छ। 'मेकानिकल कम्प्यानियन' (Mechanical Companion) अर्थात् यान्त्रिक सहयात्रीको अवधारणामा आधारित यो ब्रान्डले चालकको जीवनशैली र दैनिक आवश्यकतालाई प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ।

एउटै बाइक: हरेक सडक, हरेक उद्देश्य (One Bike. Every Road. Every Purpose.) Flygon 220 को मुख्य विशेषता यसको बहुउपयोगिता हो।  ‘एउटै बाइक। हरेक सडक। हरेक उद्देश्य।’  भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको यो मोटरसाइकलले सहरको चिल्लो सडकदेखि पहाडका कच्ची बाटोहरूसम्म उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्छ। यसले दैनिक कार्यालय जानेदेखि सातान्तमा लामो टुरिङ र एड्भेन्चर यात्रा गर्ने राइडरहरूको आवश्यकतालाई एउटै मेसिनबाट पुरा गरिदिन्छ।

दुई फरक भेरियन्ट: सिटी र हिल्स

१. Flygon 220 City: सहरी यात्रा र राजमार्गका लागि लक्षित यस भेरियन्टमा स्ट्रिट-फोकस्ड टायरहरू प्रयोग गरिएको छ, जसले सडकमा राम्रो पकड र नियन्त्रण प्रदान गर्दछ।

२. Flygon 220 Hills: यो भेरियन्टमा एड्भेन्चर-ओरिएन्टेड 'नबी' (Knobby) टायरहरू जडान गरिएको छ, जसले ग्राभेल, हिलो र पहाडी कच्ची बाटोहरूमा थप आत्मविश्वास र ग्रिप प्रदान गर्दछ।

नेपाली सडक सुहाउँदो डिजाइन र विशेषता

नेपाली राइडरहरूको औसत उचाइ र यहाँको सडक अवस्थालाई ध्यानमा राखेर यसमा ७८० मिलिमिटरको कम सिट उचाइ र २३० मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसमा प्रयोग गरिएको १३०/८०-१८ (अगाडि) र १८०/८०-१४ (पछाडि) को फराकिलो टायरले मोटरसाइकललाई मस्कुलर लुक्स मात्र नभई उत्कृष्ट सन्तुलन पनि प्रदान गरेको छ।

शक्तिशाली इन्जिन र स्मार्ट प्रविधि

Flygon 220 मा Bosch EFI प्रविधियुक्त २२० सीसीको सिंगल-सिलिन्डर एयर-कुल्ड इन्जिन रहेको छ, जसले १२.८ किलोवाट पावर र १७ एनएम टर्क उत्पादन गर्दछ। यसमा आधुनिक प्रविधिहरू जस्तै:

  • प्यासिभ कीलेस एन्ट्री र पुश-स्टार्ट इग्निसन

  • स्मार्ट लकिङ र एन्टी-थेफ्ट अलार्म

  • २.८ इन्चको TFT डिस्प्ले

मूल्य र वारेन्टी

कम्पनीले यस मोटरसाइकलको स्थायित्वप्रति भरोसा दिलाउँदै ५ वर्षको वारेन्टी प्रदान गरेको छ। नेपालमा यसको मूल्य निम्नानुसार तोकिएको छ:

  • LETBE Flygon 220 City: ५,४९,९९९ रुपैयाँ

  • LETBE Flygon 220 Hills: ५,७४,९९९ रुपैयाँ

नयाँ LETBE Flygon 220 को बुकिङ अहिले देशभरका आधिकारिक क्रसफायर तथा LETBE शोरुमहरूबाट खुल्ला गरिएको छ। थप जानकारीका लागि ९८४३३४५७९० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।