तपाई जत्तिको नपढेका विगतका केही अर्थमन्त्री सफल र सम्झनलायक तर तपाई अदुरदर्शी र असफल कसरी हुन पाउनुहुन्छ ?:राप्रपाका प्रवक्ता श्रेष्ठ

Jul 14, 2026 12:12 PM Merolagani



राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख/केन्द्रीय कार्यसम्पादन समिति सदस्य माेहन कुमार श्रेष्ठले शेयर बजार निरन्तर घटेपछि सामाजिक सन्जालमा कडा टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्न गरेका छन् ।

उनले यस्ताे लेखेका छन्

एक कित्ता शेयर बिक्री गरेर एक केजी आँप र १० कित्ता शेयर बिक्री गरेर एक केजी खसीको मासु किन्न नसकिने गरी पॅुजी बजार थिलथिलो बनाइएको गुनासो लगानीकर्ताबाट आइरहेको छ। लगानीकर्ताको बजार पूँजीकरणमा ६ खर्ब रुपैयाँभन्दा बढीको कमी आएको छ, यो अवस्था सरकारको गलत नीतिका कारण भएको हो ।

नयाँ सरकार गठनपछि नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ, यस अवधिमा आम लगानीकर्ताले ठूलो मात्रामा सम्पत्ति गुमाएका छन् । अर्थतन्त्रको ऐनाका रूपमा लिइने पॅुजी बजारमा छाएको निराशाले आम लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।

सर्वाधिक आशा गरिएका अर्थमन्त्रीले बजारलाई स्थिर बनाउन, लगानीकर्ताको सम्पत्ति थप डुब्नबाट जोगाउन र आत्मदाह गर्नुपर्ने परिस्थितिबाट समयमै उद्धार गर्न सम्बन्धित सरोकारवालाहरूसँग तत्काल छलफल गरी समस्याको पहिचान, कार्ययोजना निर्माण र आवश्यक नीतिगत सुधार गर्नुपर्ने देखिन्छ ।

डियर Swarnim Waglé

अर्थतन्त्र सुधारका लागि तपाईको अनुभव, योग्यता र क्षमताको देशले अनुभूति गर्न पाइरहेको छैन । तपाईको कार्यकाल स्वर्णिम बनाउन आवश्यक पहल, हस्तक्षेप र अग्रसरता लिइहाल्नोस् ! तपाई जत्तिको नपढेका विगतका केही अर्थमन्त्री सफल र सम्झनलायक तर तपाई अदुरदर्शी र असफल कसरी हुन पाउनुहुन्छ ? इतिहासले तपाईमाथि यो प्रश्न गर्न नपरोस् ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।