काठमाडौंमा बन्ने मेट्रो रेल निजी क्षेत्रले बनाउनेछ: पूर्वाधारमन्त्री लम्साल

Jul 14, 2026 03:57 PM Merolagani



पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौंमा निर्माण हुने मेट्रो रेल निजी क्षेत्रको लगानीमा बन्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाडौंमा मेट्रो रेल बनाउने विषय सकारात्मक रहेको भएपनि त्यसमा सरकारको लगानी नरहने बताए । ‘काठमाडौंमा मेट्रो बनाउने विषयमा, यो अहिले नै बन्दैन् । मेट्रो निजी क्षेत्रले बनाउनेछ । त्यसमा सरकारको लगानी रहँदैन्,’ उनले भने।

मेट्रो रेलका लागि केही वर्ष लाग्ने उनको भनाइ छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।