प्रहरीले ३६ वटा बोरामा रहेको १ हजार ८० किलो काजु र ४ सय २० बोरा नेपाली चिनी समेत बरामद गरेको हो । बरामद गरिएको काजुको मूल्य १० लाख ८० हजार रहेको र बरामद गरिएको नेपाली चिनीको बारेमा समेत अनुसन्धान प्रकृया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामका प्रमुख मानबहादुर पौडेलले बताए ।
सशस्त्र प्रहरीले अवैध रुपमा भित्र्याइएइएको चिनी र काजुसहित बा. प्र.०६–००१ख–०३६४ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । ट्रक सहित नियन्त्रणमा लिइएको सामानको मूल्य ४५ लाख ८० हजार रुपैयाँ कायम गरिएको हो । सामान बरामद गरेर ट्रक चालकलाई समेत नियन्त्रणमा लिइएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामले जनाएको छ ।