सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्रै करार कर्मचारीको प्रदर्शन

Jul 15, 2026 12:54 PM Merolagani



सरकारले कर्मचारीहरूलाई करारमा राख्ने हालको ढाँचामा परिवर्तन गर्न लागेको विरोधमा कर्मचारीहरूले सिंहदरबार परिसरभित्रै प्रदर्शन गरेका छन्।

सिंहदरबारभित्र कार्यरत करारका कर्मचारीहरूले सरकारको तयारीले आफूहरूको रोजगारी संकटमा पर्न सक्ने भन्दै नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्। सरकारले आगामी दिनमा यस्ता कर्मचारीहरूको नियुक्ति र व्यवस्थापनको ढाँचा फेर्न गृहकार्य सुरु गरेपछि उनीहरू आन्दोलित भएका हुन्।

प्रदर्शनकारीहरूले हालको व्यवस्थालाई निरन्तरता दिनुपर्ने र कार्यरत कर्मचारीहरूको वृत्ति विकास एवं स्थायित्वको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।