सुनचाँदीकाे मूल्य बढ्ने क्रम जारी

Jul 27, 2026 10:55 AM Merolagani



साउन ११ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबारभएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर बढ्दाे क्रममा रहेकाे छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।