अर्थमन्त्री वाग्लेले समितिलाई आजैदेखि पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन। गठित समितिमा अन्तर–मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू रहेका छन्। समितिका सदस्यहरूमाः संयोजक महेश आचार्य (सहसचिव, अर्थ मन्त्रालय), सदस्यमा विनोदकुमार भट्टराई (सहसचिव, कानुन मन्त्रालय), सदस्यः सुरेश पन्थी (सहसचिव, गृह मन्त्रालय), सदस्यमा रामु पौडेल (कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक), सचिव बोलराज आचार्य (उपसचिव, अर्थ मन्त्रालय) रहेका छन् ।
समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। आफ्ना विभिन्न मागहरू राखी लामो समयदेखि आन्दोलनरत लघुवित्त पीडितहरूको समस्यालाई सम्बोधन गर्न सरकारले यो पहल कदमी लिएको हो। अर्थमन्त्रीको यो सक्रियतासँगै पीडितका मागहरू वार्तामार्फत टुङ्गिने अपेक्षा गरिएको छ।