गत साउन ९ गते शनिबार नेपाली बजारमा प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साउन १५ गते शुक्रबारसम्म आइपुग्दा ५०० रुपैयाँले घटेर २ लाख ८५ हजारमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार, गत साउन १० गते आइतबार भने अघिल्लो दिनको तुलनामा सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको थियो । त्यस्तै, साउन ११ गते सोमबार पनि सुनको मूल्य बढ्यो । त्यसदिन १ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको थियो ।
त्यस्तैगरी, साउन १२ गते मंगलबार भने सुनको मूल्य ४३०० रुपैयाँले घटेर २ लाख ८४ हजार २०० रुपैयाँमा झरेको देखिन्छ । त्यस्तै, साउन १३ गते बुधबार पनि सुनको मूल्य घट्ने क्रम रोकिएन । उक्त दिन एक हजार रुपैयाँले घटेको सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तै, साउन १४ गते बिहीबारका दिन सुनको मूल्य केही बढेको थियाे । उक्त दिन ८०० रुपैयाँले बढेको सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ पुगेको थियो । र, साउन १५ गते शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छ ।