वर्षाका कारण मुग्लिन–नारायणगढ सडक प्रभावित, सावधानी अपनाउन आग्रह

Aug 03, 2026 11:32 AM Merolagani



लगातारको वर्षाले मुग्लिन–नारायणगढ सडकखण्डको यातायात प्रभावित भएको छ ।

गएरातिदेखि तुइन खोला, सिमलताल र फिस्लिङलगायतका क्षेत्रमा ढुंगा खस्ने र रुख ढल्ने क्रम चलेकाले सवारी आवागमनमा अवरोध पुगेको हो ।

हाल मेसिनको प्रयोग गरी सडक सफा गरेर सवारी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडक पूर्ण रूपमा बन्द नभए पनि वर्षाका कारण जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले उच्च सावधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले चालकहरूलाई अनुरोध गरेको छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।