तीन लाख नजिक पुग्यो सुनको मूल्य, चाँदीकाे कति?

Aug 06, 2026 10:55 AM Merolagani



साउन २१ गते, बिहीबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला आठ हजार रुपैयाँ र चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।