वित्तीय खर्च घटेपछि श्वेत गंगा हाइड्रोपावरको नाफा उल्लेख्य बढ्यो

Aug 07, 2026 09:25 AM Merolagani



श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड (SGHC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कम्पनीको नाफा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्तयसम्ममा कम्पनीले १७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो नाफा १७ लाख ९९ हजार रुपैयाँ मात्र थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनी नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.७० प्रतिशत बढेर ८४ करोड ७० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १०.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.७२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तयि खर्च भने २५.५४ प्रतिशत घटेको छ।

कम्पनी नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ११ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी, गत आर्थिक वर्ष ११ रुपैयाँ १३ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ६५ पैसा पुगेको छ।

१ अर्ब ५९ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २६ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।