विद्युत बिक्री आम्दानी बढेपछि माथिल्लो मैलुङ खोला जलविद्युत नाफामा

Aug 07, 2026 09:06 AM Merolagani



माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड (MMKJL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्ष नाफामा पुगेको छ।

गत आर्थिक वर्षको अन्तयसम्ममा कम्पनीले ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनी ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २३.३४ प्रतिशत बढेर ४३ करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३०.३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५१.१३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तयि खर्च भने २१.४० प्रतिशत घटेको छ।

कम्पनी नाफामा पुगेसँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ६८ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर आम्दानी, गत आर्थिक वर्ष ११ रुपैयाँ १३ पैसा धनात्मक भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५७ पैसा पुगेको छ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५७ लाख १५ हजार रुपैयाँ सञ्चित छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।