सोलु हाइड्रोपावरको नाफा १ अर्बभन्दा बढी, ईपीएस कति?

Aug 13, 2026 02:17 PM Merolagani



सोलु हाइड्रोपावर (SOHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा १ अर्ब ११ करोड ३८ लाख रुपयाँ खुद नाफा आर्जन गरेको छ।

सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी २ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ भने कुल नाफा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।

१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ८० करोड ४३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १४ पैैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात ४५.७० गुणा रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।