अप्पर लोहोरे खोलाको विद्युत बिक्री आम्दानी बढ्यो

Aug 13, 2026 01:52 PM Merolagani



अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी (ULHC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ करोड ९८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ९० लाख ४० हजार रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको नोक्सानी भने बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी २ करोड १५ लाख रुपैयाँबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको छ।

वित्तीय खर्च बढेको कारण कम्पनीको नोक्सानी बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको वित्तयि खर्च १ करोड १८ लाख रुपैयाँबाट बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

५० करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।