नेपाल सनचाँदी व्यवसायी महासंघका अनुसार, गत साउन १६ गते शनिबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएकोमा साउन २२ गते शुक्रबारसम्म आइपुग्दा मूल्य १२ हजार ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार, गत साउन १७ गते आइतबार र साउन १८ गते सोमबार दुई दिन नै सुनको कारोबार स्थिर भइ प्रतितोला २ लाख ८४ हजार रुपैयाँमै कारोबार भएको थियो । साउन १९ गते मंगलबार भने सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । साउन २० गते बुधबार देखि भने सुनको मूल्य लगातार बढ्न थाल्यो । बुधबार एकैदिन ४ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य उक्त दिन २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, साउन २१ गते बिहीबार पनि एकैदिन सुनको मूल्य ८ हजार रुपैयाँले बढ्यो । उक्त दिन सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै, साउन २२ शुक्रबार पनि सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।