तीन दिनसम्म ७७ हजारले अवलोकन गरे नाइमा मोबिलिटी एक्स्पो

Aug 14, 2026 04:48 PM Merolagani



काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पोमा तीन दिनसम्म ७७ हजारभन्दा बढीले अवलोकन गरेका छन् । 

पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ ।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् भने हालसम्म ५२ नयाँ मोडल सार्वजनिक भइसकेका छन् । चारपाङ्ग्रेमा १६–१७ लाखदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका सवारी उपलब्ध छन् । दुईपाङ्ग्रेमा पनि विशेषगरी युवाको आकर्षण देखिएको छ ।

अवलोकनकर्ताले सवारीको ब्याट्री क्षमता,मोटर,रेन्ज,आफ्टर सेल्स सर्भिस, ब्याट्री वारेन्टी, रिसेल भ्यालु लगायतबारे चासो राखेका छन् । ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्य छुट, एक वर्षको बिमा तथा सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत कर्जालगायत सुविधा दिएका छन् ।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि सवारी खरिदका लागि विशेष योजना ल्याएका छन् । साउन ३१ गतेसम्म चल्ने एक्स्पोमा करिब डेढ लाख दर्शक पुग्ने आयोजकको अपेक्षा छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।