सीडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) ले बेनी सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ र फर्स्यौट कार्य पुरा नगरेको भन्दै निलम्बनका लागि नेप्सेलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार एक पत्र जारी गर्दै कम्पनीलाई कारबाही गरेको जानकारी दिएको छ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) बमोजिम बेनी सेक्युरिटिजलाई आगामी ३ (तीन) कार्य दिनका लागि निलम्बन गरेको हो। यस निलम्बनसँगै अब तीन दिनसम्म सो ब्रोकर कम्पनीमार्फत लगानीकर्ताले शेयर खरिद–बिक्री गर्न पाउने छैनन्।
नेप्सेले यस निर्णयको जानकारी नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड र सम्बन्धित अन्य शाखालाई समेत गराएको छ। ब्रोकर कम्पनीले शेयर कारोबार भएपछि सोको रकम र शेयर समयमै राफसाफ नगर्दा बजारको चक्र प्रभावित हुने भएकाले नियामकले यस्तो कडा कदम चालेको हो।