मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक

Aug 20, 2026 03:01 PM Merolagani



मुक्तिनाथ विकास बैंक (@MNBBL@) ले आउन लागेका ठूला चाडहरु तीज, दशैं, तिहार तथा छठ लगायतलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यमीका लागि विशेष कर्जा योजना ल्याएको छ।

चाडपर्वका बेला बढ्ने आर्थिक गतिविधि र व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले कृषि, व्यवसाय तथा साना तथा मझौला उद्यम क्षेत्रमा प्रवाह हुने कर्जामा विशेष सुविधा दिने भएको हो।

 

बैंकका अनुसार योजनाअन्तर्गत कृषि तथा साना तथा मझौला उद्यम कर्जामा आधार दरमा प्रकाशित प्रिमियम दर मात्र थप गरी कर्जा उपलब्ध गराइनेछ। ग्राहकले न्यूनतम शून्य दशमलव ५० प्रतिशत प्रिमियम दरमै यस्तो कर्जा लिन सक्ने बैंकले जनाएको छ।

कर्जा लिँदा लाग्ने प्रशासनिक शुल्कमा समेत बैंकले २५ प्रतिशत छुट दिने भएको छ। चाडपर्वको समयमा व्यवसाय वृद्धि गर्न चाहने तथा आफ्नो वित्तीय आवश्यकता पूरा गर्न खोज्ने ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ।

#C6

विशेषगरी कृषि तथा साना तथा मझौला व्यवसायीलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको विश्वास छ। योजनामार्फत व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पूँजी तथा अन्य सम्बन्धित व्यावसायिक प्रयोजनका लागि कर्जा लिन सकिनेछ।

यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्वाप गर्न चाहने ग्राहकले समेत उक्त विशेष कर्जा सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ। सीमित अवधिका लागि सञ्चालन हुने यो योजना देशभर रहेका बैंकका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ।

 




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।