‘उपहारै उपहार, लक्की ड्र बम्परमा भन्ने नाराका साथ कम्पनीले यो आकर्षक योजना ल्याएको हो।
यस योजनाअन्तर्गत बर्जर पेन्ट्स खरिद गर्ने ग्राहकहरूले विभिन्न चरणमा ३५० भन्दा बढी उपहारहरू जित्ने मौका पाउनेछन्। कम्पनीले सार्वजनिक गरेको विज्ञापनअनुसार योजनाका मुख्य आकर्षणहरूमा बम्पर उपहार लक्की ड्रमार्फत एक भाग्यशाली विजेताले यामाहा १२५ हाइब्रिड स्कुटर प्राप्त गर्नेछन्।

अन्य मुख्य उपहारहरूमा ६५ इन्चको ४के स्मार्ट टिभी, २५३ लिटरको रेफ्रिजेरेट, ८ केजीको वासिङ मेसिन, थप उपहारहरूमा ३५० भन्दा बढी अन्य थुप्रै आकर्षक उपहारहरू समेत यस योजनामा समावेश गरिएको छ।
बर्जर पेन्ट्सले आफ्ना उत्पादनहरू वेदरकोट अल गार्ड फ्लेक्सो, वेदरकोट लङ लाइफ, सिल्क ग्ल्यामर हाई सिल्ड, र सिल्क लक्जरी इमल्सन लगायतका प्रिमियम पेन्ट्सको प्रयोग गरी घर सजाउने ग्राहकहरूलाई लक्षित गर्दै यो योजना ल्याएको हो।
चाडपर्वको अवसरमा घरलाई नयाँ रङले सजाउनुका साथै आकर्षक उपहारहरू समेत जित्न सकिने भएकाले उपभोक्ताहरूमाझ यो योजना लोकप्रिय हुने कम्पनीको विश्वास छ।