मुलुकभित्र नै उद्यमशीलता कायम गर्न अटो शो सफल हुनेछ- उपराष्ट्रपति

Aug 25, 2026 10:43 AM Merolagani



उपराष्ट्रपति रामसहाय यादवले मुलुकभित्र नै उद्यमशीलता कायम गर्न अटो शो सफल हुने बताएका छन् ।

 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजबाट सुरु भएको नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले पेट्रोल, डिजेलको आयात घटाई विद्युत्तिय सवारीमा जोड दिनुपर्ने र व्यापार घाटा कम गर्न पनि यो शो सफल हुने बताए । नीतिगत स्थायित्व र पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने उनको भनाइ छ ।