बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

Aug 27, 2026 06:30 AM Merolagani



रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ ।  नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ बालिका, सात बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।

 प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ ।  नुवाकोटमा ६ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा ६ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । 

गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठजनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ ।

तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एकजनाको शव भेटिएको छ । 

नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चारजनाको शव भेटिएको छ । रासस




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।