माया खोला हाइड्रोपावरले हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्राप्त

Sep 03, 2026 12:29 PM Merolagani



माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै यस विषयमा जानकारी गराएको हो।

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब रुपैयाँको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस प्रक्रिया अन्तर्गत कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरका कुल एक करोड कित्ता (अर्थात् १०० करोड रुपैयाँ बराबरको) हकप्रद शेयर जारी गर्ने भएको हो ।

विद्युत नियमन आयोगको स्वीकृति प्राप्त भएसँगै कम्पनीले थप प्रक्रियाका लागि धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ। कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ र हकप्रद शेयर निष्काशनपछि यो बढेर दुई अर्ब रुपैयाँ पुग्नेछ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।