प्रधानमन्त्री बालेन्द्र शाह र नेता वर्षमान पुनबीच भेटवार्ता

Sep 03, 2026 01:56 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाहसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गरे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको समग्र अवस्थाबारे छलफल भयो।

भेटका क्रममा बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, घाइतेको उपचार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भयो। त्यसैगरी, बाढीका कारण क्षति पुगेका सडक तथा अन्य भौतिक पूर्वाधारलाई कसरी छिटो पुनः सञ्चालनमा ल्याउने भन्नेबारे पनि उनीहरूबीच छलफल भयो।

यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरे। उनीहरूबीच भएको भेटवार्तामा पनि भोटेकोशी बाढी र त्यसपछिको राहत तथा व्यवस्थापनका विषयमा कुराकानी भएको थियो।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।