यो करिव ९.१ ट्रिलियन अमेरिकी डलर बराबर हो । तथ्याङ्कअनुसार घरजग्गाको कुल मूल्य ३४.१ अर्ब अस्ट्रेलियाली डलरले घटेको हो । यसअघि सन् २०२२ को सेप्टेम्बर त्रैमासिकमा घरजग्गाको मूल्य घटेको थियो । अस्ट्रेलियाली तथ्याङ्क ब्युरोका वित्तीय तथ्याङ्क प्रमुख मिस टानले घरजग्गाको मूल्यमा आएको त्रैमासिक गिरावट मुख्य रूपमा सम्पत्तिको मूल्य घटेका कारण भएको बताए ।
उनकाअनुसार औसत आवासीय सम्पत्तिको मूल्य ०.७ प्रतिशतले घटेर करिव ११ लाख अस्ट्रेलियाली डलर पुगेको छ । यो गिरावट पछिल्लो समय अस्ट्रेलियाको आवास बजारमा देखिएको सुस्ततासँग मेल खाने उनको भनाइ छ । राज्यअनुसार औसत घरजग्गाको मूल्य न्यु साउथ वेल्समा २.४ प्रतिशत, भिक्टोरियामा २.१ प्रतिशत र अस्ट्रेलियाली राजधानी क्षेत्रमा १.३ प्रतिशतले घटेको छ । अन्य सबै राज्य तथा क्षेत्रमा भने मूल्य बढेको छ । कुल मूल्यका आधारमा पनि न्यु साउथ वेल्समा आवासीय सम्पत्तिको मूल्य २ प्रतिशत, भिक्टोरियामा ८८१.६ प्रतिशत र अस्ट्रेलियाली राजधानी क्षेत्रमा ०.७ प्रतिशतले घटेको छ । यद्यपि, त्रैमासिक रूपमा मूल्य घटे पनि अस्ट्रेलियाको कुल आवासीय सम्पत्तिको मूल्य अघिल्लो वर्षको तुलनामा अझै ८.५ प्रतिशत बढी रहेको तथ्याङ्कले देखाएको छ । यसैबीच, जुन त्रैमासिकमा अस्ट्रेलियामा आवासीय घरको संख्या ५४ हजार ४ सयले बढेर १ करोड १५ लाख ३० हजार पुगेको छ ।