नेपाल प्रेस युनियन बागलुङको २६औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार शर्मालाई सम्मानपत्र प्रदान गरिएको हो। पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै समाजमा सकारात्मक प्रभाव पार्ने कार्य गरेको भन्दै उनलाई सम्मान गरिएको युनियनले जनाएको छ।
पुरस्कारले पत्रकारिता क्षेत्रमा सक्रियता, निरन्तरता र व्यावसायिक योगदानको कदर गर्नुका साथै जिल्लाका पत्रकारहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्व तथा नेपाल प्रेस युनियनका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र पत्रकारहरूको हकहितका विषयमा समेत चर्चा गरिएको थियो।
सम्मानपत्रमा पत्रकार शर्माले पत्रकारितामार्फत समाज परिवर्तन, लोकतन्त्रको विकास तथा जनताको पक्षमा कलम चलाउँदै आएको उल्लेख गरिएको छ। बागलुङको जैमिनी नगरपालिका–६ निवासी पत्रकार शर्माले काठमाडौंमा रहेर आर्थिक विधामा रहेर कलम चलाउँदै आएका छन् ।