प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, बाढीपीडितको उद्धार र राहत मुख्य एजेन्डा

Sep 10, 2026 10:58 AM Merolagani



प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उक्त बैठकमा देशको समसामयिक परिस्थिति तथा प्रशासनिक विषयहरूमा गहन छलफल हुनेछ।

विशेषगरी गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको अवस्थालाई लिएर बैठक केन्द्रित रहनेछ। बाढी प्रभावित क्षेत्रमा सरकार खोज, उद्धार, उपचार, राहत वितरण तथा विस्थापित नागरिकहरूको पुनःस्थापनामा निरन्तर जुटिरहेको छ।

यसै सन्दर्भमा उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी, द्रुत र व्यवस्थित बनाउन तथा आवश्यक नीतिगत निर्णयहरू लिन प्रधानमन्त्रीले यो बैठक आह्वान गरेका हुन्। बैठकबाट पीडितहरूको दीर्घकालीन पुनःस्थापनासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।