चार महिनापछि सार्वजनिक सवारीको दर्ता खुल्यो

Sep 16, 2026 11:10 AM Merolagani



सरकारले विगत चार महिनादेखि रोक्का राखेको सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया पुनः खुला गरेको छ। यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालयहरू तथा स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको जानकारी गराएको हो।

विभागले गत जेठ ७ गते सूचना जारी गर्दै नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको थियो। त्यसपछि साउन १८ गते सार्वजनिक मालबाहक सवारीसाधनको दर्ता खुला गरिएको भए पनि यात्रुवाहक सवारीको दर्ता भने बन्द नै रहेको थियो।

विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारी चाप व्यवस्थापनलाई ध्यानमा राखी हाललाई असोज १ गतेदेखि लागू हुने गरी उपत्यकाबाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिँदै दर्ता खुला गरिएको छ।

यसैगरी, काठमाडौँ उपत्यकाभित्र भने तत्कालका लागि स्कुल बस तथा सट्टाभर्ना (पुरानो सवारीको बदलामा नयाँ दर्ता) को हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता गर्न पाइने विभागले जनाएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।