सुरुवाती चरणमा कम्पनीले यस गन्तव्यमा साताको दुईवटा उडान गर्नेछ। जसअनुसार काठमाडौंबाट सांघाईका लागि प्रत्येक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौंका लागि मंगलबार र शनिबार उडान तालिका तय गरिएको छ।
तालिका अनुसार काठमाडौंबाट साँझ ६ः२५ बजे प्रस्थान गर्ने उडान भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ। त्यस्तै, सांघाईबाट बिहान ३ बजे उडेको विमान बिहान ७ः१० बजे काठमाडौं अवतरण गर्नेछ।
यात्रुहरूको माग र चापका आधारमा आगामी दिनमा उडान संख्या थप गर्नेबारे समीक्षा गरिने एयरलाइन्सले जनाएको छ। यो उडान पुनः सञ्चालनमा आएसँगै नेपाल र चीनबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन टेवा पुग्ने विश्वास लिइएको छ।
यस उडानका लागि टिकटहरू हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिनेछ।