अविरल वर्षाका कारण पृथ्वी राजमार्ग रातिको समयमा पूर्ण रूपमा बन्द हुने

Sep 24, 2026 04:31 PM Merolagani



अविरल वर्षाका कारण पृथ्वी राजमार्ग रातिको समयमा पूर्ण रूपमा बन्द हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको भारीदेखि अति भारी वर्षाको सम्भावना सम्बन्धी चेतावनीलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको हो।

सम्भावित बाढी, पहिरो तथा डुबानजस्ता विपदजन्य जोखिमबाट यात्री र सवारी साधनको सुरक्षा सुनिश्चित गर्न असोज ८ गते (बिहिबार) बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्मका लागि राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको हो।

सबै यात्री तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशकाको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।