पूँजी बजार सुधार र लगानीकर्ताको हितका बिषयमा छलफल गर्न अर्थ समितिले बाेलायाे सरकारी निकाय तथा लगानीकर्ताका प्रतिनिधिहरुलाई

Sep 29, 2026 05:26 PM Merolagani



संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपालको पूँजी बजार (शेयर बजार)लाई व्यवस्थित र लगानीमैत्री बनाउने विषयमा छलफल गर्न सम्बन्धित सरोकारवाला निकायहरुको बैठक बोलाएको छ।

समितिको ३३औं बैठक असोज १४ गते बुधबार बिहान बस्ने जानकारी गराएको हो । बैठकको मुख्य कार्यसूची नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउने रहेको छ। यस अन्तर्गत धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणका सम्बन्धमा सम्बद्ध निकाय र संघ–संस्थाहरुसँग गहन छलफल हुने सूचनामा उल्लेख छ।

शेयर बजार सुधारका लागि आयोजना गरिएको यस महत्त्वपूर्ण बैठकमा समितिले पूँजी बजारसँग सम्बन्धित सबै प्रमुख सरकारी निकाय तथा लगानीकर्ताका प्रतिनिधिहरुलाई आमन्त्रण गरेको छ।

आमन्त्रितहरुमा अर्थ मन्त्रालयका सचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रहेका छन्।

त्यसैगरी, बजार मध्यस्थकर्ता र लगानीकर्ताको तर्फबाट स्टक ब्रोकर एशोसियसन अफ नेपालका अध्यक्ष, नेपाल शेयरधनी संघका अध्यक्ष, नेपाल शेयरबजार लगानीकर्ता संघका अध्यक्ष र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्षहरुलाई पनि उक्त बैठकमा बोलाईएको छ।





तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।