आजदेखि सुरु हुने १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदै छन् ।
खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुँदै छ । महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा निमन्त्रणा गरिएको कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेसको महाधिवेशन उद्घाटनमा अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि सहभागी हुने भएका छन् ।