कम्पनीका अनुसार बाढीले आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुर्याएको छ। हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको र प्रसारण लाइनमा भएको क्षति, मर्मतसम्भारमा लाग्ने समय तथा आयोजना पुनः सञ्चालन गर्न सकिने यकिन समय अहिले नै भन्न सकिने अवस्था नरहेको कम्पनीले जनाएको छ। यससँगै आयोजनाको सञ्चालन अनिश्चितकालका लागि प्रभावित भएको छ।
नजिकिँदै गरेको हिन्दुहरूको महान् चाड बडादसैँको समयमा जनसम्पर्क परिचालन, आवश्यक सामग्रीको व्यवस्थापन, क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा विद्युत उत्पादन पुनः सञ्चालन गर्ने कार्य थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको कम्पनीले उल्लेख गरेको छ। यद्यपि, क्षतिको विस्तृत मूल्याङ्कन गरी आवश्यक मर्मत तथा पुनः सञ्चालनका लागि यथाशीघ्र पहल गरिने जनाइएको छ।