सुनको मूल्य बढ्दा चाँदीको घट्यो, आज कतिमा हुँदैछ कारोबार?

Oct 27, 2026 11:05 AM Merolagani



 कार्तिक १० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

यस दिन सुन प्रतितोला ८०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।




दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 27, 2026 06:21 AM

कात्तिक १० गते, मंगलबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन मञ्जुश्री फाइनान्स (MFIL) र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।