कान्तिपुर फर्मास्युटिकल्सलाई ८० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति

Nov 05, 2026 01:54 PM Merolagani



कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि ८० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ। सेबाेनले हालै कम्पनीलाई आइपीओ निष्काशनकाे अनुमति दिएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।

कुल निष्कासनमध्ये १७ लाख कित्ता अर्थात् २१.२५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। त्यस्तै, बाँकी ६३ लाख कित्ता अर्थात् ७८.७५ प्रतिशत सेयर अन्य समूहका लागि छुट्याइएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।