बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरका कुल १२ लाख कित्ता शेयर निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्ने अनुमति दिएको हो।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमार्फत शीघ्र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि शेयर निष्काशन प्रक्रिया अगाडि बढाउनेछ।