आज दिउँसो १२:३० बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउन संघर्षरत यी दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ।
यसैगरी, आजै अपराह्न ४:३० बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्। शीर्ष स्थानको दौड र प्लेअफको समिकरणलाई प्रभावित पार्न सक्ने यस खेलमा दुवै टिम उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण अङ्क जोड्ने दाउमा मैदान उत्रनेछन्।