नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि रोजगारीको अवसर, मंसिर २४ गतेसम्म आवेदन दिन सकिने

Nov 13, 2026 11:25 AM merolagani



 

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। बैंकले आफ्नो आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन प्रकाशित गरेको हो।

बैंकले सार्वजनिक गरेको विज्ञापनअनुसार सहायक निर्देशक र सहायक पदमा कर्मचारी माग गरिएको छ। जसअन्तर्गत सहायक निर्देशक (खुला तथा समावेशी) पदमा २६ जना, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पदमा ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) पदमा २ जना र सहायक निर्देशक (सूचना प्रविधि) पदमा ४ जना माग गरिएको छ।

त्यस्तै, सहायक पदमा २६ जना कर्मचारी माग गरिएको छ।

पदअनुसार माग गरिएको संख्या:

  • सहायक निर्देशक (खुला तथा समावेशी) – २६ जना

  • सहायक निर्देशक (लेखा/लेखापरीक्षण) – ३ जना

  • सहायक निर्देशक (वाणिज्य कानुन) – २ जना

  • सहायक निर्देशक (सूचना प्रविधि) – ४ जना

  • सहायक – २६ जना

बैंकले २०८३ कात्तिक २७ गते विज्ञापन प्रकाशित गरेको जनाएको छ। इच्छुक तथा योग्य उम्मेदवारले आगामी २०८३ मंसिर २४ गते (डिसेम्बर १०, २०२६) सम्म आवेदन दिन सक्नेछन्।

विभिन्न पदमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी तथा आदिवासी जनजातिका लागि समावेशी समूहअन्तर्गत समेत अवसर छुट्याइएको छ।

इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको अनलाइन आवेदन पोर्टल jobs.nrb.org.np मा गई सम्बन्धित पदको विज्ञापन तथा आवश्यक योग्यता, आवेदन प्रक्रिया र अन्य विवरण अध्ययन गरी आवेदन दिन सक्नेछन्।

 




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।