शुक्रवार काठमाडौंमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले अगामी स्थानीय तह निर्वाचनमा जित सुनिश्चित हुनेगरी कार्यसम्पादन गर्न समेत निर्देशन दिए । उनले विगतमा विभिन्न कारणले जनतासँग टुटेको सम्बन्ध फेरी जोड्नुपर्ने बताए । उनले निर्वाचनका सम्बन्धमा संविधानमा भएको व्यवस्थाभन्दा बाहिर जान नदिने समेत उनको जिकिर छ । स्थानीय तहको निर्वाचन अगामी बैशाख अन्तिममा र मंसिरमा प्रदेश तहको निर्वाचन हुनुपर्ने उनको भनाइ छ । उनले सोही कार्यतालिकाअनुसार निर्वाचनको तयारीमा जुट्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले भने, ‘यसपालीको निर्वाचनमा हामीले पछार्ने मात्रै होइन । यस पटक धोवीपाठ पछार्नुपर्छ । त्यो तयारीका साथ, त्यो आत्मविश्वासका साथ गाउँमा जाऔँ । जनतासँग टुटेको सम्बन्धलाई फेरी जोडौँ, सम्बन्ध विकास गरौँ ।’
उनले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न जनतालाई समेत साथमै लिएर अघि बढ्नुपर्ने समेत बताए ।